२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा : ट्रिपलस्टारका सञ्चालक गुरुङसहितविरुद्ध दाबी नपुग्ने फैसला

Nada
२०८१ कार्तिक २६ गते ०६:३०
Shares
ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा : ट्रिपलस्टारका सञ्चालक गुरुङसहितविरुद्ध दाबी नपुग्ने फैसला

काठमाडौं : जिल्ला अदालत काठमाडौंले वैदेशिक रोजगार क्षेत्रको बहुचर्चित ज्यान मार्ने उद्योग मुद्दामा वैदेशिक रोजगार व्यवसायी हरिकाजी गुरुङसहितविरुद्ध दाबी नपुग्ने फैसला गरेको छ । राजधानीको सामाखुसी टोखारोडस्थित ट्रिपलस्टार म्यानपावर कम्पनीमा २०७८ साल माघ १८ गते युट्युबर प्रवेश गरी हुलदंगा गरेपछि भएको झडपमा प्रहरीले हरिकाजी गुरुङलगायतविरुद्ध ज्यान मार्ने उद्योगमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

ncell

मुद्दामा सञ्चालक गुरुङ, रुद्रबहादुर राना, कर्मचारी गणेश पराजुली, यम बहादुर गुरुङ र विरु गुरुङलाई पनि विपक्षी बनाएको थियो । त्यसमध्ये शुरुमा विरु गुरुङलाई पक्राउ गरी अन्यलाई फरार बनाइ मुद्दा दायर भएको थियो । २०७८ चैत २० गते थुनछेक बहसपछि काठमाडौं जिल्ला अदालतले विरु गुरुङलाई ५ लाख ७५ हजार, हरिकाजी गुरुङलाई ६ लाख, रुद्रबहादुर राना ३ लाख, यमबहादुर गुरुङसँग ४ लाख रुपैयाँ धरौटी माग गरेको थियो ।

जिल्ला अदालतको धरौटी आदेशपछि सरकारी वकिलको कार्यालयले प्रतिवादहरुलाई थुनामा नै राखी र प्रतिवादी बनाइएका व्यवसायी तथा कर्मचारीलाई साधारण तारेखमा राखी पुर्पक्ष गरीपाउँ भनि उच्च अदालत गएकोमा उच्च अदालतले जिल्लाको धरौटी आदेश सदर गरेको थियो ।

करिब तीन वर्षपछि जिल्ला अदालत काठमाडौंका न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासले गत कात्तिक २ गते जाहेरवालाहरुलाई बुझी ज्यान मार्ने उद्योगमा दाबी पुग्न नसक्ने ठहर गरी जाहेरवालाहरुले चाहेमा कुटपिटमा मुद्दा चलाउन सक्ने फैसला गरेको मुद्दामा शुरुदेखि नै व्यवसायीहरुको तर्फबाट कानून व्यवसायी रहेका वरिष्ठ अधिवक्ता देवराज कटुवालले जानकारी दिए ।

वरिष्ठ अधिवक्ता कटुवालका अनुसार जाहेरवाला दशरथ भण्डारी, हरिप्रसाद पाठक, दिपेशराज पाण्डेसमेत युट्युब सञ्चालकहरुले म्यानपावर कम्पनीका सञ्चालकसहित १ सय ५० बढी व्यवसायीले गुण्डाहरु प्रयोग गरी हातहतियार, रड, लाठी र मुक्काले ज्यान मार्ने उद्देश्यले प्रहार गरी मरणासन्न बनाएको र दुई वटा क्यानन क्यामरा, टाइटानिक घडी र तीन तोलाको सुनको सिक्री लुटेर लगेको जाहेरीमा दाबी लिएका थिए ।

वैदेशिक रोजगार क्षेत्रमा पीडितलाई न्याय दिने भन्दै अनधिकृत युट्युबरहरु क्यामरा लिएर वैदेशिक रोजगार व्यवसायीका कार्यालयमा झगडा गर्ने र लाखौं रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने भन्दै  चर्का दबाब दिने गरेकोमा उक्त घटनापछि युट्युबर आतंक कम भएको वैदेशिक रोजगार व्यवसायीहरु बताउँछन् ।

ताजा खबर

सम्बन्धित खबर