२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

दिघियामा नवाह यज्ञ सम्पन्न

Nada
मनु यादव निरज
२०८१ कार्तिक २४ गते २०:०४
Shares
दिघियामा नवाह यज्ञ सम्पन्न

सप्तरी : सप्तरीको बलान बिहुल गाउँपालिका वडा नं.२ दिघियामा सिताराम नाम जप नवाह यज्ञ सम्पन्न भएको छ । विश्व कल्याण हेतुले यही कात्तिक १४ गतेदेखि यज्ञ सञ्चालन भएको थियो । नवनिर्मित हनुमानको मन्दिर उद्घाटन र प्राण प्रतिष्ठानको अवसरमा सिताराम नाम जप भएको थियो । 

ncell

नवनिर्मित मन्दिरको उद्घाटन नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री एवम् सप्तरी क्षेत्र नं. ४ का सांसद तेजुलाल चौधरीले गरेका थिए । 

समापन कार्यक्रममा बलान विहुल गाउँपालिका वडा नं.२ का वडाध्यक्ष इन्द्रदेव यादव, वरिष्ठ समाजसेवी दिनेश्वर प्रसाद यादव, दिगम्बर यादव, निर्मला यादव, सन्त, महन्थ, दुधैला मन्ड्लिका महन्थ राजिन्द्र खैरवार यादव, दिधिया समाजजका वरिष्ठ समाजसेवीहरु, युवा, माता बहनहरुले सयौंको संख्यामा कलश लिइ  कार्यक्रम समापन भएको बलान बिहुल गाउँपालिका वडा नं. २ का वडाध्यक्ष इन्द्रदेव यादवले जानकारी दिए । 

सम्बन्धित खबर