२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

वीरेन्द्रनगर नगरपालिकाले नगर प्रहरी भर्ना गर्दै

Nada
कुलेन्द्र शाही
२०८१ कार्तिक १४ गते १२:०६
Shares
वीरेन्द्रनगर नगरपालिकाले नगर प्रहरी भर्ना गर्दै

सुर्खेत : सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले करारमा नगर प्रहरी भर्ना गर्ने निर्णय गरेको छ । बुधबार एक सूचना जारी गर्दै नगरपालिकाले २७ जना करारमा नगर प्रहरी भर्ना गर्न लागेको जानकारी दिएको हो ।

ncell

नगरपालिकाले प्रहरी निरीक्षकको कमान्डमा नगर प्रहरी नायव निरीक्षक एक, नगर प्रहरी सहायक निरीक्षक दुई, नगर प्रहरी हबलदार तीन, नगर प्रहरी जवान (हेभी सवारी चालक) दुई र नगर प्रहरी जवान १८ जनाका लागि दरखास्त मागेको हो ।

सूचनामा भनिएको छ, 'यस कार्यालयको नगर प्रहरी सेवाको गठन, सञ्चालन र सेवा सर्तसम्बन्धी व्यवस्था गर्न बनेको ऐन, २०७९ बमोजिम देहायको पदमा खुला प्रतिस्पर्धात्मक प्रक्रियाबाट करार सेवामा पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र यस कार्यालयको प्रशासन शाखामा आवेदन दिनुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।'

ताजा खबर

सम्बन्धित खबर