२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

३ सय बढी बाढी प्रभावितलाई सिरक वितरण

Nada
लेखनाथ सिकारु
२०८१ कार्तिक ५ गते १२:२०
Shares
३ सय बढी बाढी प्रभावितलाई सिरक वितरण

काठमाडौं : जागरण नेपाल र टेवा नामक सामाजिक संस्थाले ३ सय बढी बाढी प्रभावित परिवारलाई फाइवरको सिरक वितरण गरेको छ । गत असोज ११ र १२ गते आएको बाढीले काठमाडौं वडा नंं ११ स्थित वाग्मती नदी किनारा वंशिघाट वस्ती (सुकुम्वासी क्षेत्र) स्थित वस्तीमा पुर्‍याएको क्षतिबाट पीडित परिवारलाई उक्त राहत सामग्री वितरण गरिएको हो । 

ncell

शनिबार क्षतिग्रस्त क्षेत्रहरूमा पुगेर जागरण नेपालले अध्ययन अवलोकन समेत गरेको थियो । अध्ययनले उक्त बस्तीमा पहिलो तलामा बस्ने तथा सामान्य घर भएका सबै घरहरूमा बाढी पसेर सबै सामग्रीहरू खास गरी लत्ता कपडा, खाद्यान्न लगायत सबै उपभोग्य सामग्रीहरू काम नलाग्ने गरी नष्ट भएको कुनै पनि सामग्री झिक्न नपाएको अवस्था थियो । 

विभिन्न संघसंस्था र सहयोगी निकायहरूले खाद्यान्न सामग्री उपलब्ध हराएपनि ओड्ने ओछ्याउने जस्ता कुराको अभाव रहेको महसुस गरी उक्त सामग्री वितरण गरेको जागरण नेपालका संस्थापक अध्यक्ष तथा सामाजिक अभियन्ता शर्मिला कार्कीले बताइन् । 

महिला बालबालिकाका क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको सामाजिक संस्था जागरण नेपालले टेवा नेपालको सहयोगमा गरेको सहयोगले खासगरी सुत्केरी महिला, ज्येष्ठ नागरिक,एकल महिला, बालबालिका र सरोकारबालालाई थप टेवा पुगेको बताइएको छ । 

उत्त सहयोग स्थानीय समाजसेवी उपभोक्ता समुहहरूको उपस्थितिमा गरिएको थियो  ।

सम्बन्धित खबर