२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

सुन र दाइजोबिना विवाह गर्ने यी दम्पती

Nada
कुलेन्द्र शाही
२०८१ असोज २२ गते १४:५९
Shares
सुन र दाइजोबिना विवाह गर्ने यी दम्पती

सुर्खेत : विवाह भन्ने बित्तिकै धेरैको मानसपटलमा आउने गर्छ सुन र दाइजो । समाज तथा आफन्तजनलाई देखाउनकै लागि पनि धेरै सुनका गरगहनामा झकिझकाउ हुन्छन् दुलही । सुन मात्र होइन दाइजो कानूनीरूपमा गलत मानिए पनि सामाजिकरूपमा भने भित्र भित्रसम्म जरा गाडेर बसेको अवस्था छ ।

ncell

तर सुर्खेत वीरेन्द्रनगरकी अस्मिता ढकालले भने आफ्नो विवाहमा यी दुवै कुरा बहिस्कार गरेकी छन् । उनले सोमबार सम्पन्न विवाहमा सुन नलगाएरै विवाह गरिन् । समाजमा भएका गलत संस्कारको बहिष्कार गर्नुपर्छ भन्ने सन्देश दिनका लागि नै सुन नलगाइ विवाह गर्ने निर्णय गरेको नवदुलही ढकालले बताइन् ।

उनले बुटवलका रामु ज्ञवालीसँग विवाह गरेकी छन् । रामु ज्ञवाली हाल शिवालय गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा छन् । 

अस्मिता पनि नेपाल सरकारकै शाखा अधिकृत हुन् । अस्मिताले सुन र दाइजो बिना विवाह गर्ने निधो पहिले नै गरेकी थिइन् । तर उनका माइती र घर पक्ष भने राजी भएका थिएनन् । अन्ततः दुवै पक्ष तयार भए । ‘शुरुमा त मेरो कुरामा बुबाआमाहरु मान्न तयार हुनुभएन, तर मैले मनाएरै छाडे,’ अस्मिताले भनिन्, ‘मैले विवाहमा सुन नलगाउनु मात्र ठूलो कुरा होइन, तर यसले दिने सन्देश समाजमा सकारात्मक जाओस् भन्ने हो ।’

निम्न वर्गका परिवारहरूलाई विवाहमा सुन जुटाउन आर्थिकरूपमा बोझिलो हुने गर्दछ । त्यस कारण यस्ता परम्पराहरूको अन्त्य गर्न जरुरी रहेको उनको भनाइ छ । यसको शुरुवात आफैंबाट गर्नु उचित हुँदा यसरी विवाह गर्ने निचोड गरेको उनले बताइन् । समाजमा अनावश्यक खर्च गर्नु हुँदैन भन्ने सन्देश दिन छोरीले गरेको निर्णय मान्न तयार भएको यामु लामिछाने बताउँछिन् ।

सम्बन्धित खबर