२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

हिमालयन एभरेष्ट इन्स्योरेन्सको सीईओमा अञ्जु श्रेष्ठ नियुक्त

Nada
२०८१ असोज १७ गते २१:३७
Shares
हिमालयन एभरेष्ट इन्स्योरेन्सको सीईओमा अञ्जु श्रेष्ठ नियुक्त

काठमाडौं : हिमालयन एभरेष्ट इन्स्योरेन्सले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अञ्जु श्रेष्ठलाई नियुक्त गरेको छ । कम्पनीको भदौ २७ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।

ncell

साविक हिमालयन जनरल इन्स्योरेन्सबाट निर्जीवन बीमा व्यवसायमा करिअर सुरु गरेकी श्रेष्ठसँग पुनर्बीमा सम्झौता र पुनर्बीमा दाबीको क्षेत्रमा लामो अनुभव छ ।

कम्पनीमा गत असार १३ गते विजयबहादुर शाहले छोडेपछि श्रेष्ठ निमित्त सीईओको रुपमा काम गर्दै आइरहेकी थिइन । उनलाई ४ वर्षका लागि सीईओ पदमा नियुक्त गरिएको हिमालयन एभरेष्ट इन्स्योरेन्सले जनाएको छ ।

सम्बन्धित खबर