२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

अफगानिस्तानमा बाढीका कारण १३ जनाको मृत्यु ,१६ घाइते

Nada
२०८१ असोज १६ गते १५:००
Shares
अफगानिस्तानमा बाढीका कारण १३ जनाको मृत्यु ,१६ घाइते

अफगानिस्तानः अफगानिस्तानमा भारी वर्षाले नित्याएको आकस्मिक बाढीका कारण कम्तीमा १३ जनाको मृत्यु हुनुका साथै अन्य १६ जना घाइते भएको देशको राष्ट्रिय विपद् व्यवस्थापनका अधिकारीले मंगलबार बताएका छन् ।  

ncell

विगत दश दिनदेखि परेको भारी वर्षाले गजनी, लघमान, नङगरहार, फराह, पक्तिया, बदघिस, हेरात र दयाकुन्डी प्रान्तमा आकस्मिक बाढी ल्याएको राष्ट्रिय विपद् व्यवस्थापनका प्रवक्ता मुल्लाह जनान स्याकले बताए । स्याकका अनुसार बाढीले अन्य प्रान्तहरूमा पनि ठूलो मात्राामा सम्पत्ति क्षति पुर्‍याउदा १०९ वटा आवासीय घरहरू पूर्ण वा आंशिक रूपमा ध्वस्त भएका छन् भने लगभग ६५० हेक्टर खेतीयोग्य जमिन बगाएको छ ।

गत मे देखि परेको निरन्तरको वर्षाले गर्दा भएका दुर्घटनाहरूमा ४०० भन्दा बढीको मृत्यु हुनुका साथै सयौं घाइते भएका छन् भने गम्भिर आर्थिक क्षति भएको जनाइएको छ ।  

सम्बन्धित खबर