२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

कांग्रेसको प्रश्न- 'प्रधानमन्त्री डराएर संसदमा नआएको हो ?'

Nada
२०८१ जेठ ३२ गते ११:५३
Shares
कांग्रेसको प्रश्न- 'प्रधानमन्त्री डराएर संसदमा नआएको हो ?'

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणबारे सदनलाई जानकारी गराउन माग गरेको छ ।

ncell

आजको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री भारत भ्रमण गरेर फर्किएको पाँच दिन हुँदा पनि संसदमा उपस्थित भएर जानकारी नगराएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

लेखकले प्रधानमन्त्री संसदमा नआएको बताउँदै सरकारले संसदको गरिमालाई कमजोर बनाएको भन्दै आपत्ति जनाएका छन् । उनले प्रधानमन्त्री देश बाहिर गएको कुरा अखबारबाट थाहा पाउनुपर्ने दुर्भाग्य भएको बताए । 

उनले प्रधानमन्त्री डराएर संसदमा नआएको हो भन्दै प्रश्न गरेका छन् । उनले सरकारले संसदको अपमान गरेको बताउदै संसद चलिरहेको बेला सरकार प्रमुख, राष्ट्रप्रमुख विदेश जाँदा संसदलाई जानकारी गराउनुपर्ने स्मरण गराए । 

ताजा खबर

सम्बन्धित खबर