२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

कुमारी बैंकले ल्यायो दशैं उत्सव क्यासब्याक अफर

Nada
२०८१ असोज ११ गते १३:०७
Shares
कुमारी बैंकले ल्यायो दशैं उत्सव क्यासब्याक अफर

काठमाडौं : कुमारी बैंकले दशैंलाई लक्षित गर्दै आफ्ना सेवाग्राहीहरूलाई शुभकामनास्वरूप दशैं उत्सव क्यासब्याक अफर सञ्चालनमा ल्याएको छ ।

ncell

बैंकले घटस्थापनादेखि महानवमीसम्म ९ दिन यो अफर सञ्चालन गर्ने बताएको छ । बैंकका सेवाग्राहीले डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाईल बैकिङमार्फत वस्तु तथा सेवा खरिदबापत रकम भुक्तान गर्दा प्रत्येक दिन ५० कार्ड प्रयोगकर्ता तथा ५० मोबाइल बैकिङ प्रयोगकर्ताले खरिद मूल्यको २५ प्रतिशत वा अधिकतम ५०१ बराबरको क्यासब्याक प्राप्त गर्ने छन् ।

यो योजनाअन्तर्गत लाभान्वित सेवाग्राहीको संख्या बढाउन बिहान ८ बजेदेखि बेलुका ११:५९ बजेसम्ममा सबैभन्दा छिटो कारोबार गर्ने सेवाग्राहीलाई नदोहोरिने गरी क्यासब्याक उपलब्ध गराउने व्यवस्था गरिएको बैंकले जनाएको छ । बैंकले क्यासब्याकले सेवाग्राहीमा विद्युतीय भुक्तानीका माध्यममार्फत कारोबार गर्न प्रोत्साहन मिल्ने तथा डिजिटल अर्थव्यवस्था विकासमा टेवा पुग्ने विश्वास लिएको जनाएको छ ।

विगत २३ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले वित्तीय साक्षरता प्रवर्द्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखारहित बैंकिङ इकाइहरुमार्फत ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवा दिँदै आइरहेको छ । आगामी दिनमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्य गर्दै जाने बैंकले प्रतिबद्धता जनाएको छ ।

सम्बन्धित खबर