२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

गोकर्णेश्वर नगरपालिकामा कुमारी बैंकको महिला उद्यमी प्रशिक्षण सम्पन्न

Nada
२०८१ असोज ८ गते १५:४२
Shares
गोकर्णेश्वर नगरपालिकामा कुमारी बैंकको महिला उद्यमी प्रशिक्षण सम्पन्न

काठमाडौं : कुमारी बैंकले काठमाडौंको उत्तरपूर्वमा रहेको गोकर्णेश्वर नगरपालिकासँगको समन्वयमा नगरका महिला उद्यमीहरुलाई प्रशिक्षण सम्पन्न गरेको छ ।

ncell

यूसएड साझेदारीमा ‘देशैभरि वर्षैभरि’ उद्यमशीलता विकास एवम् प्रवर्द्धनका लागि उद्यमी प्रशिक्षण अभियान सञ्चालन गरिरहेको हो ।  

वित्तीय ज्ञान, सीप, मनोवृद्धि तथा व्यवहार विकासबाट मात्रै व्यावहारिकरुपमा उद्यमशीलता प्रवर्द्धन तथा विकास हुने विश्वास लिएको कुमारी बैंकले जनाएको छ ।

यस अभियानमा सर्वसाधारणहरुको विषयगत संवेदनशीलतालाई सहजै बुझ्न सकिने गरी वित्तीय उद्यमी प्रशिक्षण, वित्तीय साक्षरता पुस्तिका, कुमारीजी एप, राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारहरुको अभिनयसहितका सन्देशमुलक भिडियोहरु, सचेतनामूलक सन्देशहरु विकास गरि नियमितरुपमा प्रकाशन तथा प्रसारण समेत गरिरहेको छ । 

उद्यमी प्रशिक्षणबाट हरेक स्थानीय निकायमा रहेका उद्यमी सोचहरुको प्रवर्द्धन तथा विकासमा टेवा पुर्‍याउँदै आर्थिकरुपमा समृद्ध परिवार, समाज तथा राष्ट्र निर्माणमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ । 

सम्बन्धित खबर