२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक भिसा इन्टरनेशनलबाट सम्मानित

Nada
२०८१ असोज ८ गते १३:५०
Shares
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक भिसा इन्टरनेशनलबाट सम्मानित

काठमाडौं : नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआइएमबी) भिसा इन्टरनेशनलद्वारा आयोजित लिडरसिप कन्क्लेभ नेपाल २०२४ मा 'एक्सेलेन्स इन न्यु पेमेन्ट फ्लोज इस्युर'बाट सम्मानित भएको छ ।

ncell

काठमाडौंमा आयोजना भएको 'भिसा लिडरसिप कन्क्लेभ नेपाल २०२४' कार्यक्रममा एनआइएमबी सम्मानित भएको हो ।

विगत ४ दशकदेखि ग्राहकहरूलाई गुणस्तर सेवा दिँदै आएको एनआइएमबीले आगामी दिनहरूमा पनि आधुनिक डिजिटल माध्यममा थप सेवा तथा सुविधा दिने प्रतिबद्धता जनाएको छ ।

हाल बैंकको २७४ शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, ७७ वटा शाखा रहित बैंकिङ र २६६ वटा एटिएम रहेको छ ।

सम्बन्धित खबर