२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

नेपाल एसबिआईद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

Nada
२०८१ असोज ७ गते २०:२२
Shares
नेपाल एसबिआईद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

काठमाडौं : नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको छ । बैंकले मकवानपुर भीमफेदी गाउँपालिका– ९ स्थित श्री लेकाली बसीफाँट माध्यमिक विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुका लागि स्कुल ब्याग तथा शैक्षिक सामग्री प्रदान गरेको हो । 

ncell

बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत, दीपक कुमार देले श्री लेकाली बसीफाँट माध्यमिक विद्यालय समितिका अध्यक्ष र प्रधानाध्यापकलार्ई औपचारिक रुपमा उक्त सामाग्रीहरु हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत, राजेश कुमार पंडा, प्रमुख जोखिम तथा अनुपालन अधिकृत, विष्णुदेव यादव, प्रमुख कर्जा अधिकृत, अर्जुन नेपाल, प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत, रितेश अर्याल र बैंकका बागमती प्रदेश प्रमुख, बिनोद कुमार ढुंगेल र बैंक तथा स्कूल समितिका अन्य पदाधिकारी र शिक्षकहरु समेतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर