२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

निरन्तर उकालो यात्रामा सुनको मूल्य, तोलाको एक लाख ५९ हजार बढी

Nada
२०८१ असोज ७ गते ११:२३
Shares
निरन्तर उकालो यात्रामा सुनको मूल्य, तोलाको एक लाख ५९ हजार बढी

काठमाडौंः आइतबार मात्रै तोलामा सत्र सयले बढेर एक लाख ५८ हजार आठ सय रुपैयाँ कायम भएको सुनको मूल्य सोमबार पनि वृद्धि भएको छ ।

ncell

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा आज छापावाल सुन प्रतितोला चार सयले बढेर तोलामा एक लाख ५९ हजार दुई सय रुपैयाँ कायम भएको छ । सुनको यो मूल्य हालसम्मकै उच्च हो । 

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार तोलामा एक हजार नौ सय २० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

सम्बन्धित खबर