२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

गुणस्तरीय सिकाइका लागि शिक्षकलाई बालविकास तालिम

Nada
कमल कुमाल
२०८१ असोज ६ गते २१:२९
Shares
गुणस्तरीय सिकाइका लागि शिक्षकलाई बालविकास तालिम

कालीकोट : प्रारम्भिक बालविकास शिक्षकहरुको लागि क्षमता अभिवृद्धि तालिम दिइएको छ । गुणस्तरीय सिकाइका लागि स्थानीय तह तथा विद्यालयहरुको क्षमता अभिवृद्धि गर्नका लागि  कार्यक्रमको आयोजन गरिएको हो । 

ncell

यूनिसेफ नेपालको आर्थिक सहयोग, सामाजिक जागरण केन्द्र (स्याक नेपाल)को सहजीकरण,सेतो गुराँस बाल विकासको  सहकार्य तथा रास्कोट नगरपालिकाको आयोजनमा रास्कोट नगरपालिकाका २५ वटा बालविकास शिक्षकहरुको सहभागितामा प्रारम्भिक सिकाइ तथा विकास मापदण्डमा आधारित प्रारम्भिक बालविकास शिक्षकहरुको क्षमता अभिवृद्धि तालिम सम्पन्न गरिएको हो  ।

कार्यक्रममा रास्कोट नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख खेमराज शाहीको अध्यक्षता, रास्कोट नगरपालिका नगर प्रमुख धर्मराज शाहीको प्रमुख आतिथ्यता, उपप्रमुख मनिराज बराल तथा प्रमुख प्रशासकीय अधिकृत जवान सिहं बमको विशेष आथित्याता तथा रास्कोट नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष तथा सामाजिक विकास समिति संयोजक मन तिरुवा लगायतको उपस्थिति रहेको थियो । 

सम्बन्धित खबर