मलेसिया : बेलायती पत्रिका द गाडिर्यनले मलेसियामा नेपाली कामदारमाथि श्रम शोषण भैरहेको खुलासा भएको छ । गाडिर्यनले मलेसियाका दुई कम्पनीमा कार्यरत नेपालीहरुमाथि चरम शोषण भैरहेको सार्वजनिक गरेको हो । द गाडिर्यनले टप ग्लोभ र डब्लु आरपी एसिया प्यासिफिक नामक दुई कम्पनीहरूमा शोषण भएको अनुसन्धानमुलक सामाग्री प्रकाशित गरेको हो ।
कामदारहरुलाई धेरै समयसम्म काममा लगाइएको, पारिश्रमिक रोकिएको, होस्टल अव्यवस्थित भएको र मलेशियाली श्रम कानूनविपरित राहदानीहरू कब्जामा राखिएको गाडिर्यनले उल्लेख गरेको छ । तर उक्त कम्पनीहरूले वक्तव्य प्रकाशित गरेर अन्तर्राष्ट्रिय र राष्ट्रिय श्रम कानून अनुसार नै कामदारहरूमाथि व्यवहार गरिएको भन्दै आफ्नो बचाउ गरेका छन् ।
यसैबीच मलेसियाका मानव ससाधान मन्त्री एम कुलासेगरनले त्यहाँको प्रसिद्ध कम्पनी टप ग्लोब्स र डब्लुआरपी एशिया प्यासिफिकमा कुनै पनि नेपाली कामदार शोषणमा नपरेको बताएका छन् ।
एक विदेशी पत्रिकाले ती दुई रबर कम्पनीमा काम गर्ने नेपाली र वगलादेशी कामदार बेलायतले तोकेको स्वास्थ्य मापदण्ड अनुसार नरहेको र कामदारहरुलाई वाध्यकारी श्रममा लगाइएको समाचार सार्वजनिक गरेपछि मन्त्री सेगरनले दुबै कम्पनी भ्रमण गरेका छन् ।
भ्रमणपछि टप ग्लोब्समा सोमबार आयोजित पत्रकार सम्मेलनमा टप ग्लोब्स कम्पनीसँग कामदारको कल्याणका लागि कानून अनुसारको उचित संयन्त्र रहेको भन्दै ओभरटाइमलाई नियन्त्रण गर्ने मलेसियाको ईम्प्लोइमेन्ट रेगुलेसन १९८० अनुसार कामदारले प्रतिमहिना १ सय ४ घण्टा ओभरटाइम काम गर्न सक्ने व्यवस्था रहेको बताए ।
मन्त्री सेगरनले टप ग्लोब्सका ३५ मध्ये २२ शाखा मन्त्रालयका अधिकारीहरुले निरीक्षण गरेको भन्दै कम्पनीका बारेमा आएको आधारविहीन समाचारका पछाडि लाग्न नहुने दावी समेत गरेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies