२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

माओवादीले संसद अवरोध नगर्ने

Nada
२०८१ भदौ ३१ गते १२:५८
Shares
माओवादीले संसद अवरोध नगर्ने

काठमाडौं : नेकपा माओवादी केन्द्रले आज सदन अवरोध नगर्ने भएको छ । सोमबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यसूची छ । माओवादी केन्द्रले यो बैठक चल्न दिने भएको हो । 

ncell

माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले प्रधानमन्त्रीले विदेश जानुअघि संसदमा गर्न लागेको सम्बोधनलाई अवरोध नगर्ने बताएका छन् । 

संसदमा एमाले सचिव योगेश भट्टराईले माओवादी हिंसा भनेको विषयमा आपत्ति जनाएको माओवादी केन्द्रले सो शब्द संसदको रेकर्डबाट नहटाउने सभामुख देवराज घिमिरेको निर्णयपछि संसद अवरोध गरेको थियो । माओवादी अवरोधकै कारण आइतबार संसद बस्न सकेको थिएन । 

सरकारले सोमबार राति १२ बजेबाट संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेकाले सोमबारको प्रतिनिधिसभा बैठक अन्तिम हुनेछ । 

ताजा खबर

सम्बन्धित खबर