काठमाडौं : गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’को उपाधी पोखराका सीडी विजय अधिकारीले जितेका छन् । गएराति कतारको दोहामा भएको फाइनलमा उनी पहिलो भ्वाइस अफ नेपाल घोषणा भएका हुन् । दर्शकले दिएको भोट र गायनकलाको आधारमा उनी भ्वाइस अफ नेपालको उपाधी जित्न सफल भएका हुन् ।
विजेता अधिकारीले २५ लाख नगदसहित कार, २० लाखको म्युजिक एल्बम कन्ट्रयाक्ट र वल्र्ड टुर अवसर पाएका छन् । अन्तिम प्रतिस्पर्धामा विजेता अधिकारीसँगै कोचहरुले समेत आफ्नो प्रस्तुति दिएका थिए ।
अधिकारीसँगै र्सिजय थपलिया, सप्तक दुर्तराज र कुशल आचार्य पहिलो भ्वाइस अफ नेपालको प्रतिस्पर्धामा थिए । प्रतियोगितामा सनुप पौडेल, दीप श्रेष्ठ, प्रमोद खरेल र अभया सु्ब्बा कोचको भूमिका रहेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies