२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

प्रधानमन्त्रीसँग रोमानियाकी राजदूत मारियनाको बिदाइ भेट

Nada
२०८१ भदौ ३० गते १५:०९
Shares
प्रधानमन्त्रीसँग रोमानियाकी राजदूत मारियनाको बिदाइ भेट

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि रोमानियाकी राजदूत डानियल मारियना सेजोनभ तानले आज बिदाइ भेट गरेकी छन् ।

ncell

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले कार्यकाल पूरा गरी आपसी सम्बन्धमा योगदान दिएकोमा राजदूतलाई धन्यवाद दिए  ।

भेटमा दुुई पक्षीय हितका विविध विषय तथा सहयोग आदानप्रदानबारे छलफल भएको थियो । यस्तै दुवै देशमा आ-आफ्ना दूतावास खोल्न प्रस्ताव भएको थियो । भेटका अवसरमा नेपालका लागि रोमानियाका मानार्थ वाणिज्य दूत नारायण बजाज, परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी थिए ।

ताजा खबर

सम्बन्धित खबर