२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

प्रहरीका दुवै संगठनलाई ऊर्जाशील र थप व्यावसायिक बनाउन प्रयत्नशील छौं : गृहमन्त्री लेखक

Nada
२०८१ भदौ ३० गते १३:५७
Shares
प्रहरीका दुवै संगठनलाई ऊर्जाशील र थप व्यावसायिक बनाउन प्रयत्नशील छौं : गृहमन्त्री लेखक

काठमाडौं : गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई ऊर्जाशील र थप व्यावसायिक बनाउन आफू प्रयत्नशील रहेको बताएका छन् ।

ncell

आज बिहान राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा आयोजित सि.स. १६ (क) सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा गृहमन्त्री लेखकले सुरक्षा निकायलाई समय अनकूल थप सुदृढ तथा सबल बनाउन विद्यमान ऐन, कानून परिमार्जन गर्न विधेयक अघि बढाइएको बताए । 

नेपाल प्रहरी र सशस्त्र प्रहरीको नयाँ कानुन निर्माणका लागि विधेयक अघि बढाइएको जानकारी दिँदै गृहमन्त्री लेखकले राज्य र जनताको सेवा तथा सुरक्षाका निम्ती सीमा सुरक्षा, मुलुकको आन्तरिक सुरक्षा व्यवस्थापन, राजस्व चुहावट नियन्त्रणलगायतका क्षेत्रमा पुर्‍याएको योगदानका कारण सरकारको भरोसाको केन्द्रका रुपमा सुरक्षा निकाय रहेको बताए ।

“स्थापनाकालदेखि नै अत्यन्तै कुशलतापूर्वक आफ्नो जिम्मेवारी पूरा गरी राष्ट्रिय सुरक्षामा गर्विलो उपस्थिती कायम सशस्त्र प्रहरी संगठनले गरेको छ”, उनले भने, “जिम्मेवारी सम्पादन गर्ने सिलसिलामा प्रदर्शन गरेको उच्च कार्यक्षमताका कारण नागरिकको अभिन्न सहयोगी संगठन बनेको छ ।”

परिवर्तित राजनीतिक, सामाजिक, आर्थिक तथा सुरक्षा वातावरण अनुसार मुलुकमा शान्ति सुरक्षा कायम राख्ने कार्य अत्यन्त जटिल एवम् चुनौतीपूर्ण रहेको बताउँदै लेखकले त्यसका लागि राज्यले व्यावसायिक तथा दक्ष जनशक्तिसहितको सुरक्षा निकायहरुको प्रबन्ध गरेको बताए । 

सशस्त्र प्रहरीले आफ्नो जनशक्तिलाई पेशागत रुपमा दक्ष एवम् क्षमतावान बनाइ राज्यप्रदत्त जिम्मेवारी त्रुटिरहित ढङ्गबाट सम्पादन गर्न सक्ने बनाउन विभिन्न किसिमका आधारभूत तथा उन्नत तालिमहरु सञ्चालन गरिरहेको बताए ।

ताजा खबर

सम्बन्धित खबर