२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

जापान पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

Nada
२०८१ भदौ ३० गते १३:२५
Shares
जापान पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौंः वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा झापा कमल गाउँपालिका-७ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-२ बस्ने ४२ वर्षीय राम कुमार जिमीलाई बिहीबार प्रहरीले पक्राउ गरेको   छ । 

ncell

राम कुमारले जापान पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-२५ सुन्धाराबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

ताजा खबर

सम्बन्धित खबर