२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

कुपण्डोलको भासिएको सडक मर्मतपछि सवारी सञ्चालन

Nada
२०८१ भदौ ३० गते १०:४३
Shares
कुपण्डोलको भासिएको सडक मर्मतपछि सवारी सञ्चालन

ललितपुर : शनिबार अपराह्न कुपण्डोलमा भासिएको सडक मर्मतपछि सवारी साधन सञ्चालन भएका छन् । आज बिहान ९ बजेदेखि सवारीसाधनका लागि सडक खुला भएको हो ।

ncell

मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेर सडक भासिएको थियो । शनिबार साँझदेखि काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले फुटेको पाइप मर्मत थालेसँगै सडक डिभिजन कार्यालय पनि सडक मर्मतमा जुटेको थियो ।

मर्मतपछि भासिएको सडकमा सवारीसाधन सञ्चालन गर्न मिले पनि तत्काल  सडक कालोपत्र गर्न नमिल्ने सडक डिभिजन कार्यालयका सुपरभाइजर निराजन पाण्डे बताए । 

ताजा खबर

सम्बन्धित खबर