काठमाडौं : विराटनगर वारियर्सलाई ५ रनको झिनो अन्तरमा हराउँदै चितवन राईनोजे एभरेष्ट प्रिमियर लिगको प्ले अफमा पुग्ने संभावनालाई जिवितै राखेका छ। विराटनगरको यो दोस्रो हार हो । पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा चार विकेट गुमाउँदै एकसय छयानब्बे रन जोडयो ।
ओपनर पल स्ट्रलिङ र सन्दीप सुनारले पहिलो विकेटकोलागि ४४ रनको साझेदारी गरे । सन्दीप ३० र पल १५ रन जोडी आउटभएपछि जोन सिमसनले पारी सम्हाले । बिष्फोटक ब्याटिङ गरेका सिमसन ४४ बलको ससमना गर्दै ६ चौका र ५ छक्का प्रहार गर्दै ७८ रनको योगदान दिए । विराटनगरका बलर निरिह बन्दा करण केसी,पारस खड्का, वसन्त रेग्मी र भ्यान मेकरिनले एक-एक विकेट झारे ।
जवाफमा १ सय ९७ रनको विजय लक्ष्य पछाएको विराटनगर २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ९१ रनमा समेटियो । कप्तान पारस खड्का १९, अनिल शाह १२, आशिफ शेख ३० र भ्यान डर मर्वी डक आउट हुँदा बबर हयात क्रिजमा जमे । ४२ बलबाट ९० रन जोडी आउट हुँदा विराटनगरले १ सय ६१ रनको स्थितिमा ५ विकेट गुमेको थियो ।
यतिखेर विराटनगरलाई जितको लागि मात्र ३६ रन जरूरी थियो । जुन विराटनगरले पुरा गर्न सकेन । १ सय ९१ रनमा समेटिदै ५ रनको हार बेहोरेको छ । बलिङमा ललित सिंह भण्डारीले ४ र सागर ढकालले ३ विकेट लिए । अहिले काठमाडौं र पोखराको खेल जारी छ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies