२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

मानवता नै सर्वोच्च धर्म हो : सञ्चार तथा सूचना प्रविधिमन्त्री

Nada
२०८१ भदौ २९ गते १४:०१
Shares
मानवता नै सर्वोच्च धर्म हो : सञ्चार तथा सूचना प्रविधिमन्त्री

काठमाडौंः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मानवता नै सर्वोच्च धर्म भएकाले यसमा लाग्न सबैलाई आग्रह गरेका छन् । मानव सेवा आश्रम शाखा कार्यालय लमजुङको निर्माणाधीन भवन सम्पन्न गर्ने उद्देश्यले आज आयोजित कार्यक्रममा मन्त्री गुरुङले मानव सेवाबाट नै सही आशीर्वाद पाउने भएकाले यसमा लागेर पुण्य आर्जन गर्न सकिने बताए । 

ncell

२०८२ सालभित्र देशलाई सडक आश्रित मानवमुक्त राष्ट्र  निर्माण गर्ने सङ्कल्प साकार पार्ने सरकारको लक्ष्य हासिल गर्ने अभियानमा मानवसेवा आश्रमको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले कोही पनि नागरिक बेसहारा भएर बस्न नपरोस् भन्ने सरकारको चाहना हो भने । उनले आफू गण्डकी प्रदेशको मुख्यमन्त्री रहँदा नै सो प्रदेशलाई सडक आश्रित मानवमुक्त प्रदेश घोषणा गरेको बताए । यसै वर्षभित्र लमजुङमा निर्माणाधीन आश्रमको भवन सम्पन्न गरी अन्य क्षेत्रमा जस्तै लमजुङ पनि मानव सेवामा  अग्रणि रहेको पुष्टि गर्न सबैसँग मन्त्री गुरुङले आग्रह गरे । 

कार्यक्रममा उपस्थित विभिन्न संस्था र व्यक्तित्वहरुले भवन निर्माणका लागि आर्थिक सहयोगको प्रतिबद्धता जनाउनु भएको थियो । त्यस अवसरमा मानवसेवा आश्रम शाखा कार्यालय लमजुङको भवन निर्माण समितिका संयोजक तथा पूर्वसांसद जमिन्द्रमान घलेले भवन निर्माण गर्न अहिलेसम्म रु पाँच करोड लगानी भइसकेको र आगामी चैतसम्ममा निर्माण सम्पन्न गर्न त्यति नै रकम आवश्यक पर्ने भएकाले सबैसँग सहयोगका लागि आग्रह गरे । 

आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले कोही पनि अनाथ र बेसहारा भएर बस्नुपर्ने अवस्थालाई न्यूनीकरण गरी २०८२ सालभित्र देशलाई सडक आश्रित मानवमुक्त राष्ट्र निर्माण गर्ने अभियानलाई सफल बनाउन संस्थाले विभिन्न जिल्लामा सेवा केन्द्र स्थापना, मेची–महाकाली राष्ट्रिय उद्धार यात्राजस्ता अभियान सञ्चालन गरिरहेको जानकारी दिए । मुख्य कार्यालय हेटौँडासहित सात प्रदेशका १९ जिल्लामा २५ वटा सेवा केन्द्रमा विभिन्न उमेर समूहका एक हजार सात सय १८ आश्रममा आश्रित छन्  । 

ताजा खबर

सम्बन्धित खबर