२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

सुन जस्तो देखिने धातुसहित दुई जना पक्राउ

Nada
२०८१ भदौ २५ गते १६:१३
Shares
सुन जस्तो देखिने धातुसहित दुई जना पक्राउ

काठमाडौंः अवैध रूपमा लुकाई छिपाई भन्सार छली लैजान लागेको सुन जस्तो देखिने धातुसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ एरियाबाट दुई जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

ncell

पक्राउ पर्नेहरूमा प्युठान सरूमारानी गाउँपालिका-१ बाङ्गेसार घर भएका ३१ वर्षीय समिर अहमद र खोटाङ दिपरूङ गाउँपालिका-५ घर भएका ३० वर्षीय देवराज खत्री रहेका छन् । 

पक्राउमध्ये हिमालय एयरलाईन्सको उडानद्वारा दोहाबाट काठमाडौं आएका समिरलाई करिब ५४ ग्राम तौलको सुन जस्तो देखिने धातुको ढिक्का १ थान, बेरूवा औंठी १ थान, मोबाइल १ थानसहित प्रहरीले पक्राउ गरेको हो । 

साथै बाह्‍य मुलुकबाट नेपाल आएका यात्रुलाई भन्सार छली गर्न लगाई अवैध रूपमा संकलन गरी लैजान लागेको करिब २५ ग्राम तौलको सुन जस्तो देखिने धातुको सिक्री १ थान, मोबाइल २ थान र ल्यापटप १ थानसहित फेला पारी देवराजलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई आवश्‍यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालय सिनामंगल बुझाएको छ ।  

ताजा खबर

सम्बन्धित खबर