२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

मानवसेवा आश्रम सुर्खेतमा महायज्ञ आयोजना हुने

Nada
कुलेन्द्र शाही
२०८१ भदौ २० गते १६:१३
Shares
मानवसेवा आश्रम सुर्खेतमा महायज्ञ आयोजना हुने

सुर्खेत : मानवसेवा आश्रम सुर्खेत शाखाको आयोजनामा श्रीमद् भागवत महायज्ञ आयोजना हुने भएको छ । मानवसेवा आश्रमको (मानवता प्रवर्द्धन महाअभियान) अन्तर्गत कर्णाली प्रदेशको वीरेन्द्रनगर सुर्खेत शाखाको भवन निर्माणका निमित्त आर्थिक सहयोग जुटाउने अभिप्रायले महायज्ञको आयोजना गर्न लागिएको हो । महायज्ञको सम्बन्धमा निर्णय गर्न बुधबार सुर्खेतमा विचार विमर्श कार्यक्रम सम्पन्न भएको छ ।

ncell

कार्यक्रममा संस्थाका संस्थापक एवम् केन्द्रीय अध्यक्ष रामजी अधिकारी, केन्द्रीय महासचिव शुसिला केसी, लुम्बिनी प्रदेश संयोजक सरु अधिकारी, कर्णाली प्रदेश संयोजक संजिता गौतम, स्थानीय जनप्रतिनिधिहरु, समाजसेवीलगायतको उपस्थितिले महायज्ञका सम्बन्धमा पाँच बुँदे निर्णय पारित गरेको छ । 

कार्यक्रमले महायज्ञ सञ्चालन आगामी मंसिर २१ गतेदेखि २७ गतेसम्म हुने, महायज्ञमा कर्णाली प्रदेशका सबै जिल्लाका स्थानीय पालिकाहरु, प्रदेश सरकारको प्रत्यक्ष सहभागिता हुनुपर्ने, महायज्ञ सफल बनाउन बैंक तथा वित्तीय संस्थाहरु, अध्यात्मिक संस्थाहरु, लायन्स, रोटरी, जेसिस लगायत राजनीनिक दलको सहभागिता अनिवार्य रुपमा गराउन तयारीमा जुट्ने बताइएको छ । यस्तै छिन्चु बजार क्षेत्रमा महायज्ञ सञ्चालनका लागि छुट्टै भेला गर्ने साथै महायज्ञ मूल आयोजक समिति एक हजार एक सदस्यीय रहने निर्णय गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर