२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

चाँदीसहित एक जना पक्राउ

Nada
मनु यादव निरज
२०८१ भदौ १७ गते २१:५९
Shares
चाँदीसहित एक जना पक्राउ

सिरहा : इलाका प्रहरी कार्यालय लहान सिरहाबाट खटिएको प्रहरी टोलीले ८ किलो चाँदीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने मोरङ उर्लाबारी नगरपालिका वडा नं. ५ बस्ने वर्ष ३० का दिपेन्द्र वि.क.रहेका छन् ।

ncell

सोमबार सिरहाको लहान नगरपालिका वडा नं. ७ दुर्गा मन्दिरस्थित विभिन्न गर–गहनाका सामान लिइ वि.क जाँदै भन्ने विशेष सूचनाको आधारमा पक्राउ गरिएको हो ।

उनले बोकेको कालो रंगको झोला भित्रबाट ८ किलो अनुमानित मूल्य दस लाख चालिस हजार बराबरको श्रोत नखुलेको विभिन्न चाँदिको जस्तो देखिने गर–गहनाहरु फेला पारिएको प्रहरीले जनाएको छ । उनलाई इलाका प्रहरी कार्यालय लहान, सिरहामा ल्याइ थप अनुसन्धान गरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर