२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

शिक्षकहरुलाई शिक्षण आपूरण तथा द्रुत सिकाइ सहयोगसम्बन्धी अभिमुखीकरण

Nada
सन्तोष पौडेल
२०८१ भदौ ११ गते १२:०७
Shares
शिक्षकहरुलाई शिक्षण आपूरण तथा द्रुत सिकाइ सहयोगसम्बन्धी अभिमुखीकरण

बर्दिया : बर्दियाको गेरुवा गाउँपालिकाका शिक्षकहरुलाई शिक्षण आपूरण तथा द्रुत सिकाइ सहयोगसम्बन्धी अभिभुखीकरण गराइएको छ । विद्यालयमा विद्यार्थीहरुको शिक्षण सिकाइ क्रियाकलापलाई प्रभावकारी बनाउन प्राथमिक तथा आधारभूत तहका शिक्षकहरुको क्षमता विकासका लागि अभिभुखीकरण गराइएको हो ।

ncell

सशक्त बालिका परियोजनाअन्तर्गत प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा गेरुवा गाउँपालिकाको आयोजना एवम् राधाकृष्ण थारु जनसेवा केन्द्र र भेरी वातावरणीय विशिष्‍टता समूह (बी ग्रुप)को साझेदारीमा कार्यक्रम आयोजना गरिएको हो ।

कोभिड-१९ महामारी तथा विविध कारणले विद्यार्थीहरुमा भएको सिकाइ क्षतिलाई परिपूर्ति गर्नका लागि आपूरण तथा द्रुत सिकाइ योजना निर्माणमा सहयोग पुर्‍याउन अभिमुखीकरणको आयोजना गरिएको सशक्त बालिका परियोजनाका कार्यक्रम अधिकृत सिमा ओलीले बताइन् ।

अभिमुखीकरणमा योजना निर्माणका लागि विश्व र नेपालमा सिकाइ क्षतिको अवस्था, सिकाइ स्तर पहिचान गर्ने तरिका, साधनको परिचय र प्रयोग, सिकाइ स्तर पहिचान गर्न साधनको प्रयोग विधि, साधनको प्रयोग गरी विद्यार्थीको सिकाइ परीक्षण अभ्यास, साधनको प्रयोग गरी विद्यार्थीको सिकाइ स्तर परीक्षण अभ्यास, विद्यार्थी सिकाइ स्तरको अभिलेखीकरण र रिपोर्टिङ, नतिजा विश्लेषण र वर्गीकरण नतिजा विश्लेषण र विषयवस्तुको छनोट, सिकाइ आवश्यकता आधारमा क्रियाकलाप छनोट र प्रयोग, योजना निर्माण र कार्यान्वयन, द्रुत सिकाइको परिचय, रणनीतिहरुको पहिचान र प्रयोग तथा कार्ययोजना निर्माणको विषयमा सहजीकरण गरिएको थियो । 

पशुपति माध्यमिक विद्यालयमा मंगलबार भएको अभिभुखीकरण कार्यक्रममा सामुदायिक विद्यालयका प्राथमिक तथा आधारभूत तहका ३६ जना शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको थियो भने तालिमको सहजीकरण गेरुवा गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख नवराज अधिकारीले गरेका थिए । बेलाबखतमा आयोजना गरिने यस्ता किसिमका अभिमुखीकरणले शिक्षकहरुको क्षमता समायानुकूल अभिवृद्धि गराउने भएकाले विद्यालयमै आयोजना गरेर सम्पूर्ण शिक्षकहरुलाई अभिमुखीकरण गराइनुपर्ने सहभागी शिक्षकहरुले बताए ।

ताजा खबर

सम्बन्धित खबर