२०८३ मंसिर ७ गते सोमवार / Nov 23 , 2026 , Monday
२०८३ मंसिर ७ गते सोमवार

प्रधानमन्त्री शाहद्वारा महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण

Nada
२०८३ मंसिर ७ गते १२:१८
Shares
प्रधानमन्त्री शाहद्वारा महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण

काठमाडौँ : भारतको दुईदिने राजकीय भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले नयाँ दिल्लीस्थित राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

सो अवसरमा प्रधानमन्त्री शाहले आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै महात्मा गान्धीको जीवन, आदर्श तथा मानव समाजमा पुर्‍याएको अतुलनीय योगदानप्रति उच्च सम्मान प्रकट गरेका छन् ।

उनले सत्य, शान्ति र अहिंसाका शाश्वत मूल्यप्रति आफ्नो दृढ प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री शाह भारतको दुईदिने राजकीय भ्रमणमा रहेका हुन् ।

laxmi recruitement

सम्बन्धित खबर