२०८३ मंसिर २ गते बुधवार / Nov 18 , 2026 , Wednesday
२०८३ मंसिर २ गते बुधवार

चुनौती सामना गर्न एमाले पूर्ण रूपमा तयार हुनुपर्छ : सचिव पद्मा अर्याल

Nada
२०८३ मंसिर २ गते १४:३८
Shares
चुनौती सामना गर्न एमाले पूर्ण रूपमा तयार हुनुपर्छ : सचिव पद्मा अर्याल

काठमाडौं : नेकपा एमालेकी सचिव पद्मा अर्यालले पार्टीले आगामी दिनमा आउन सक्ने राजनीतिक चुनौती र परीक्षणको सामना गर्न आफूलाई पूर्ण रूपमा तयार राख्नुपर्ने बताएकी छन् ।

बुधबार काठमाडौंमा सुरु भएको एमालेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले पार्टीका नेता तथा कार्यकर्तालाई थप सक्रिय र संगठित भएर अघि बढ्न आग्रह गरिन् ।

उनले पार्टीको शक्ति र संगठनलाई निष्क्रिय हुन नदिन सबै तहका नेता तथा कार्यकर्ताले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन् ।

अर्यालले जनताबाट उठेका प्रश्न, जिज्ञासा र आलोचनालाई बेवास्ता गर्न नहुने बताउँदै ती सबैको सामना गर्दै स्पष्ट जवाफ दिन पार्टी तयार हुनुपर्ने धारणा राखिन् । जनतासँग प्रत्यक्ष संवाद गर्ने, उनीहरूका समस्या र गुनासा सुन्ने तथा नागरिकलाई पार्टीसँग जोड्ने अभियानमा कार्यकर्ताहरू सक्रिय हुनुपर्ने उनको भनाइ थियो ।

देश निर्माणमा एमालेको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उनले पार्टीलाई अझ बलियो र सशक्त बनाउन सबैले आ–आफ्नो ठाउँबाट योगदान दिनुपर्ने बताइन् ।

सचिव अर्यालले विगतको निर्वाचनमा व्यहोर्नुपरेको क्षतिलाई आगामी निर्वाचनमा पूर्ति गर्ने लक्ष्यसहित पार्टी एकताबद्ध भएर अघि बढ्नुपर्नेमा समेत जोड दिइन् ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर