२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

उत्तरगंगा ढोरबराह मन्दिरमा बिहानदेखि भक्तजनको घुइँचो

Nada
२०८१ भदौ ३ गते १४:३६
Shares
उत्तरगंगा ढोरबराह मन्दिरमा बिहानदेखि भक्तजनको घुइँचो

बागलुङ : नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनस्थित उत्तरगंगा ढोरबराह मन्दिरमा आज बिहानदेखि भक्तजनको घुइँचो लागेको छ ।

ncell

जनैपूर्णिमामा पूजाअर्चना गर्न देशैभरबाट आएका भक्तजनको घुइँचो लागेको हो । ढोरबराह मन्दिरमा हरेक वर्ष जनैपूर्णिमामा ठूलो धार्मिक मेला लाग्छ । पश्चिम बागलुङकै ठूलो शक्ति पीठका रूपमा रहेको ढोरबराह मन्दिरमा पूजाआजा गर्दा मनोकांक्षी पूरा हुने जनविश्वास रहेको छ ।

प्रसिद्ध धार्मिक स्थल उत्तरगंगा ढोरबराह मन्दिरमा पूजाआजा गर्न, भाकल गर्न तथा भेटी चढाउन नेपालका लागि आएका भक्तजन बिहान ५ बजेदेखि लाइनमा रहेको ढोरपाटन उपत्यका होटल व्यवसायी समितिका अध्यक्ष जीवन पुनले जानकारी दिए। बागलुङसहित छिमेकी जिल्ला गुल्मी, म्याग्दी, रुकुम, रोल्पा, प्यूठानसहित बुटवल, पोखरा काठमाडौँलगायत देशका विभिन्न क्षेत्रबाट भक्तजन आएको उनको भनाइ छ ।

वर्षौं पुरानो यो धार्मिक मेला अहिलेसम्म चल्दै आएको पुन बताउँछन् । आइतबार बिहानदेखि ढोरपाटनमा भक्तजनको आगमन भइरहेको अध्यक्ष पुनको भनाइ छ । जनैपूर्णिमामा मुख्य पूजा आज भए पनि स्थानीय क्लबले खेलकुदसँगै सांस्कृतिक कार्यक्रम आयोजना गरेको हुँदा अझै केही दिन चल्ने उनी बत्ताउँछन् । ढोरबराह मन्दिरमा आज सयौँ भेडा तथा बोकाको बलि दिइने पुनले जानकारी दिए ।

बागलुङको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङदेखि करिब ३२ किलोमिटर पश्चिममा रहेको ढोरपाटनमा जनपूर्णिमाबाहेक अन्य समयमा पनि भक्तजन तथा पर्यटक घुम्न आउने गरेका छन् ।

ताजा खबर

सम्बन्धित खबर