२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु

Nada
२०८३ असोज २९ गते १२:३८
Shares
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु

पोखरा : कास्कीको पोखरा महानगरपालिका-१७ बालोदय चोकस्थित सिद्धार्थ राजमार्ग (पोखरा-बुटवल सडकखण्ड)मा मोटरसाइकल दुर्घटना हुँदा पैदलयात्रीसहित दुई जनाको मृत्यु भएको छ ।

ncell

प्रहरीका अनुसार २०८३ असोज २९ गते बिहान करिब ७ बजे विरौटाबाट छोरेपाटनतर्फ जाँदै गरेको ग १४ प ४८७९ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेका पैदलयात्रीलाई ठक्कर दिएको थियो । पैदलयात्रीलाई ठक्कर दिएपछि अनियन्त्रित भएको मोटरसाइकल सडकको बीचमा रहेको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक पोखरा महानगरपालिका–१७ निवासी १९ वर्षीय सफलकुमार श्रेष्ठ र लमजुङ घर भई हाल पोखरा महानगरपालिका–१७ विरौटामा बस्दै आएका ४५ वर्षीय पैदलयात्री कृष्ण कुमाल घाइते भएका थिए ।

दुवै जनालाई उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

ताजा खबर

सम्बन्धित खबर