२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

मिर्गौलापीडित पासवान परिवारलाई आर्थिक सहयोग

Nada
सत्येन्द्र प्रताप सिंह
२०८३ असोज २९ गते ११:५९
Shares
मिर्गौलापीडित पासवान परिवारलाई आर्थिक सहयोग

रौतहट : ​रौतहटको गौर नगरपालिका–१ निवासी मिर्गौलासम्बन्धी गम्भीर समस्याबाट ग्रसित राजु पासवानको परिवारलाई स्थानीय सामाजिक अभियन्ता सन्तोष पौडेलले आर्थिक सहयोग प्रदान गरेका छन् ।

ncell

लामो समयदेखि मिर्गौलाको उपचार गराइरहेका पासवानको आर्थिक अवस्था अत्यन्तै कमजोर भएपछि दैनिक जीवनयापन र उपचार प्रक्रियामा परेको समस्यालाई मध्यनजर गर्दै अभियन्ता पौडेलले आर्थिक सहयोग गरेका हुन् ।

​पासवान परिवारको घरमै पुगेर अभियन्ता पौडेलले पीडित राजु पासवानका कान्छा छोरा मिन्टु पासवानलाई नगद १० हजार रुपैयाँ सहयोग रकम हस्तान्तरण गरे ।

​लामो समयदेखि उपचाररत पासवान परिवार आर्थिक विपन्नताका कारण एकातिर महँगो औषधि उपचार र डाइलासिस खर्च जुटाउन नसकेर समस्यामा परेका छन् भने अर्कातिर घरको दैनिक गुजारा चलाउनसमेत सकस भइरहेको छ ।

​सहयोग रकम हस्तान्तरण गर्दै सामाजिक अभियन्ता पौडेलले समाजमा समस्यामा परेका रोगी तथा विपन्न वर्गलाई सहयोग गर्नु प्रत्येक सचेत नागरिकको मानवीय दायित्व भएको बताए । 'जिल्लामा आर्थिक अभावका कारण धेरै नागरिकले अकालमै ज्यान गुमाउनुपर्ने वा औषधि उपचारबाट वञ्चित हुनुपर्ने बाध्यता छ,' उनले भने, 'मेरो यो सानो प्रयासले पीडित परिवारलाई तत्कालको स्वास्थ्य उपचार र राहतमा केही टेवा पुगोस् भन्ने उद्देश्यले सहयोग गरेको हुँ ।'

​अभियन्ता पौडेलले समाजमा रहेका अन्य दानवीर सामाजिक संघ-संस्था तथा स्थानीय सरकारलाई पनि मिर्गौला पीडित पासवानको ज्यान बचाउनका लागि यथाशक्य सहयोगको हात बढाउन अपिल गरेका छन् ।

​यस किसिमको सहयोगले समस्यामा परेका पीडित परिवारलाई मानसिक तथा आर्थिक रूपमा ठुलो राहत मिल्नुका साथै स्थानीय स्तरमा आपसी भाइचारा सामाजिक सद्भाव र मानवताको भावना बलियो बनाउन मद्दत पुग्ने स्थानीयवासीको भनाइ छ । सामाजिक सेवामा निरन्तर सक्रिय रहँदै आएका अभियन्ता पौडेलको यस कदमको स्थानीय तहमा उच्च प्रशंसा भइरहेको छ ।

ताजा खबर

सम्बन्धित खबर