२०८३ असोज ३० गते शुक्रवार / Oct 16 , 2026 , Friday
२०८३ असोज ३० गते शुक्रवार

मुस्लिम आयोगद्वारा भोटेकोशी विपद्पीडित अध्ययन तथा राहत समिति गठन

Nada
इसत्याक अहमद
२०८३ भदौ १५ गते २१:२९
Shares
मुस्लिम आयोगद्वारा भोटेकोशी विपद्पीडित अध्ययन तथा राहत समिति गठन

काठमाडौं : मुस्लिम आयोगले भोटेकोशी क्षेत्रमा गएको विपद्बाट प्रभावित नागरिकको अवस्था अध्ययन तथा राहत, उद्धार र पुनःस्थापनाका कार्यमा समन्वय गर्न ‘भोटेकोशी विपद्पीडित अध्ययन तथा राहत समिति’ गठन गरेको छ ।

ncell

आयोगको सोमबार बसेको बैठकले आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीको संयोजकत्वमा समिति गठन गरेको हो । समितिका सदस्यमा पूर्वमन्त्री मोहम्मद जाकिर हुसैन तथा आयोगका सदस्यद्वय मिर्जा अर्शद वेग र मो. शमसुल हक रहेका छन् । आयोगकी सचिव शोभा कुमारी पोखरेललाई सदस्य–सचिवको जिम्मेवारी दिइएको छ ।

आयोगका कार्यवाहक अध्यक्ष अलीका अनुसार समितिले सरकार, गैरसरकारी संस्था तथा विदेशी सहयोगी संस्थासँग समन्वय गरी विपद्पीडितको खोज, उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्‍याउनेछ ।

त्यस्तै, समितिले स्वदेशी तथा विदेशी मुस्लिम संघ–संस्थासँग समन्वय गरी आवश्यक कानुनी तथा प्रशासनिक सहयोग जुटाउन पहल गर्नेछ । राहत तथा उद्धारमा संलग्न विभिन्न संघ–संस्थालाई आवश्यक सूचना, तथ्यांक तथा परामर्श उपलब्ध गराउने र आयोगको निर्देशनअनुसार काम गर्ने जनाइएको छ ।

अलीका अनुसार समितिले केही दिनभित्रै विपद् प्रभावित क्षेत्रको स्थलगत अध्ययन भ्रमण गर्नेछ  । त्यसपछि आयोगले हेल्प डेस्क स्थापना गरी खोज, उद्धार, राहत तथा पुनःस्थापनाका गतिविधिलाई प्रभावकारी बनाउन समन्वयकारी भूमिका निर्वाह गर्नेछ ।

आयोगले प्रभावित क्षेत्रको वास्तविक अवस्था, आवश्यकतासम्बन्धी विवरण तथा राहत कार्यको प्रगतिबारे नियमित सूचना प्रवाह गर्ने तयारीसमेत गरेको छ ।

विशेषगरी मुस्लिम समुदायबाट सञ्चालित गैरसरकारी संस्था तथा सामाजिक संघ–संस्थासँग समन्वय गरी उनीहरूको स्रोत, जनशक्ति र सहयोग विपद्पीडितसम्म प्रभावकारी रूपमा पुर्‍याउने आयोगले जनाएको छ ।

समितिले आवश्यकताअनुसार सरकारी निकाय, सुरक्षा निकाय, स्थानीय तह तथा अन्य सहयोगी संस्थासँग समेत सहकार्य गर्ने जनाइएको छ ।

ताजा खबर

सम्बन्धित खबर