२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

रोजगारी सिर्जना गर्न अल्लोको धागो बनाउने तालिम प्रदान

Nada
शिवजी मण्डेल
२०८१ साउन २६ गते २१:२५
Shares
रोजगारी सिर्जना गर्न अल्लोको धागो बनाउने तालिम प्रदान

बझाङ : बझाङमा १५ दिने अल्लोको धागो बनाउने तालिम सम्पन्न भएको छ । जिल्लाको थलारा गाउँपालिका २ मा अल्लोको धागो बनाउने तालिम सम्पन्न भएको हो । 

ncell

स्थानीय स्रोत साधनको सही सदुप्रयोगका साथै रोजगारी सिर्जना गर्नका लागि थलाराका १२ जनालाई तालिम प्रदान गरिएको हो । 

यो भन्दा पहिला नै परियोजनाले सञ्चालन गरेका धागो बनाउने तालिम लिएकाहरूलाई दिगोपनका लागि तालिम प्रदान गरिएको परियोजना सामाजिक परिचालक तारा प्रसाद ओझाले बताए । उनका अनुसार १० जनालाई अल्लोको धागो बनाउने तथा २ जनालाई  कपडा बुन्ने तालिम दिइएको छ ।

उक्त तालिम युनाइटेड मिसन टु नेपालीको आर्थिक सहयोगमा प्रगतिशील युवा समाजद्वारा सञ्चालित सिर्जना परियोजनामार्फत प्रदान गरिएको हो ।

सम्बन्धित खबर