
उदयपुर : उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।
सोमबार लिम्चुङबुङ गाउँपालिका १ र ३ को सिमानामा पर्ने सेतिढुंगा खहरे खोलामा कात्तिकेबाट ढुंगा लोड गरी वडा १ को कार्यालयतर्फ जाँदै गरेको म. प्र. ०१-००१ त २८४० नम्बरको ट्याक्टर खहरे खोलाको उकालो र भिरालो कच्ची बाटोमा फसेपछि निकाल्ने क्रममा ब्रेक फेल भई अनियन्त्रित हुँदा पछाडि सरेर सडकबाट अन्दाजी ५० मिटर तल खोलामा खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा ट्याक्टर चालक सोही ठाउँ बस्ने अन्दाजी ३२ वर्षीय हिमाल राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ । ट्याक्टरका सहचालक अन्दाजी २७ वर्षीय प्रदीप राई भने सकुशल रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।