
उदयपुर : उदयपुरमा ब्राउन सुगर जस्तो देखिने लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले आइतबार त्रियुगा नगरपालिका–११ ज्योतिनगर टोलमा शंकास्पद अवस्थामा बसिरहेका दुई जनालाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले प्र.१–०५–००१ प ८५२७ नम्बरको स्कुटर र को.प्र.०५–००–२ प ३६४१ नम्बरको मोटरसाइकलमा बसिरहेका व्यक्तिहरूलाई रोकेर चेकजाँच गर्दा उनीहरूको साथबाट १.०४ ग्राम (१०४० मिलिग्राम) ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ फेला परेको जनाएको छ ।
पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–११ का २५ वर्षीय अभिषेक कार्की ढोली र सोही ठाउँका करिब ३० वर्षीय फिलेमान शाह रहेका छन् । उनीहरूलाई उदयपुर जिल्ला अदालतबाट म्याद थप गरी लागूऔषधसम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।