२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

मिल सञ्चालन गर्ने क्रममा करेन्ट लागेर रौतहटमा एक जनाको मृत्यु

Nada
सत्येन्द्र प्रताप सिंह
२०८३ जेठ २० गते २२:२१
Shares
मिल सञ्चालन गर्ने क्रममा करेन्ट लागेर रौतहटमा एक जनाको मृत्यु

रौतहट : रौतहटको बौधीमाई नगरपालिकामा विद्युत् करेन्ट लागेर बुधबार एक जनाको मृत्यु भएको छ । नगरपालिकाको वडा नं. ५ कोपवा निवासी मनोहरलाल जयसवालको आफ्नै मिलमा काम गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

ncell

​स्थानीय धर्मलाल जयसवालका छोरा मनोहरलाल बुधबार दिउँसो आफ्नो धान–गेहुँ पिसानी गर्ने मिल सञ्चालन गरिरहेका थिए । सोही क्रममा अचानक विद्युत् सर्ट भई उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका जयसवाललाई तत्काल उपचारका लागि अस्पताल लैजाने प्रयास गरिए पनि बाटोमै उनको मृत्यु भएको हो ।

​मिल सञ्चालन गरेर परिवारको जीविकोपार्जन गर्दै आएका युवाको आकस्मिक निधनले परिवारजन र आफन्तजन मर्माहत भएका छन् ।

​मृतक जयसवालको शवलाई कानुनी प्रक्रिया र मुचुल्का पश्चात पोष्टमार्टमका लागि गौरस्थित प्रादेशिक अस्पतालमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले घटनाबारे जानकारी प्राप्त भएको र यसबारे थप अनुसन्धान भइरहेको जनाए ।

ताजा खबर

सम्बन्धित खबर