२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

रौतहटमा करेन्ट लागेर बालिकाको मृत्यु

Nada
सत्येन्द्र प्रताप सिंह
२०८३ जेठ १९ गते २२:२९
Shares
रौतहटमा करेन्ट लागेर बालिकाको मृत्यु

रौतहट : रौतहटको देवाही गोनाही नगरपालिकामा कल (धारा) मा नुहाउने क्रममा मोटरको करेन्ट लागेर एक बालिकाको अकालमा मृत्यु भएको छ ।

ncell

जिल्लाको देवाही गोनाही नगरपालिका वडा नं. ४ नदीपारी टोल बस्ने रामायण भन्ने बिजेन्द्र पटेलकी १२ वर्षीया छोरी वर्षा कुमारी पटेलको करेन्ट लागेर मंगलबार बिहान मृत्यु भएको हो । 

प्रहरीका अनुसार,मंगलवार बिहान करिब ९ बजेको समयमा वर्षा आफ्नै घरको कलमा नुहाउँदै थिइन् । सोही क्रममा पानी तान्नका लागि कलमा जडान गरिएको मोटरको तारबाट अचानक विद्युत सर्ट भइ उनलाई करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भीर घाइते भएकी उनलाई परिवार र आफन्तले तत्काल उपचारका लागि सुकदेव चोकस्थित नेपाल तराई सिटी अस्पताल पुर्‍याएका थिए ।

अस्पताल पुर्‍याउनासाथ चिकित्सकले चेकजाँच गर्दा उनलाई मृत घोषणा गरेका थिए । घटनाको जानकारी बिहान १० बजे प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो । 

इलाका प्रहरी कार्यालयका अनुसार घटनास्थल कार्यालयबाट करिब ३ किलोमिटर पश्चिम–दक्षिण दिशामा पर्दछ । प्रहरी टोलीले घटनास्थलको प्रारम्भिक मुचुल्का तयार गरी घटनाबारे थप बुझ्ने कार्य गरिरहेको छ ।

कलमा जडान गरिएको मोटरको लाइनबाट करेन्ट प्रवाह हुँदा नुहाइरहेकी बालिकाको ज्यान गएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ,प्रहरी स्रोतले भने शवलाई पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको छ र घटनाबारे थप कानुनी प्रक्रिया तथा अनुसन्धान जारी छ ।

गर्मीको समयमा तराईका जिल्लाहरूमा विद्युतीय उपकरण र मोटरको प्रयोग बढ्दो छ, तर प्राविधिक सावधानी नअपनाउँदा यस्ता दुखद घटनाहरू पटक–पटक दोहोरिने गरेका छन् ।

ताजा खबर

सम्बन्धित खबर