२०८३ असोज ३० गते शुक्रवार / Oct 16 , 2026 , Friday
२०८३ असोज ३० गते शुक्रवार

ट्याक्टरको ठक्करबाट बालकको मृत्यु 

Nada
प्रचण्ड खत्री
२०८३ वैशाख १० गते २०:५१
Shares
ट्याक्टरको ठक्करबाट बालकको मृत्यु 

रुकुम पश्चिम : रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । सानीभेरी गाउँपालिका वडा नम्बर २ को गिठाकोटबाट बालुवा लिएर सिम्लीतर्फ आइरहेको रा १ त ४८७१ नम्बरको ट्याक्टरले वडा नम्बर ७ को सहरेमा ठक्कर दिँदा स्थानीय ५ वर्षीय बालक रियान बुढाथोकीको मृत्यु भएको हो ।

ncell

रियानको उपचारका क्रममा सानीभेरी गाउँपालिका अस्पताल छोटे बगरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक झबिन्द परियारले जानकारी दिए । उक्त ट्याक्टर सह चालक सानीभेरी ७ का नवराज पुन मगरले चलाएको र चालकलाई नियन्त्रणमा लिइएको उनको भनाइ छ । 

शव गाउँपालिका अस्पतालमै रहेको र घटनाको थप अनुसन्धान चलिरहेको प्रहरी निरीक्षक परियारले बताए ।

ताजा खबर

सम्बन्धित खबर