२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

हेटौंडामा ‘२१औं विश्वशान्ति महा मै मैत्री बोधि मार्ग दर्शन’ कार्यक्रम हुँदै

Nada
२०८२ चैत १९ गते १७:३५
Shares
हेटौंडामा ‘२१औं विश्वशान्ति महा मै मैत्री बोधि मार्ग दर्शन’ कार्यक्रम हुँदै

काठमाडौं : मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४ स्थित लोकतान्त्रिक (हुप्रा) चौरमा “२१औं विश्वशान्ति महा मै मैत्री बोधि मार्ग दर्शन ̷ मैत्री धर्म अध्यात्मिक अनुष्ठान कार्यक्रम–२०८२” आयोजना हुने भएको छ । कार्यक्रम चैत २६ देखि ३० सम्म सञ्चालन हुने आयोजक बोधि श्रवण धर्म संघ नेपालले जानकारी दिएको छ ।

ncell

संघले एक विज्ञप्ति जारी गर्दै विश्वशान्ति, मानवता र मैत्री भावको सन्देश फैलाउने उद्देश्यसहित अनुष्ठान आयोजना गर्न लागिएको बताएको छ। संघका अनुसार आधुनिक विश्व प्रविधिमा तीव्र प्रगति भए पनि मानव समाज भौतिकता र अध्यात्मबीचको द्वन्द्व, असहिष्णुता, हिंसा र विभाजनतर्फ उन्मुख भइरहेकाले मैत्री, शान्ति र सहअस्तित्वको सन्देश आवश्यक रहेको ठहर गरिएको छ ।

विज्ञप्तिमा लोभ, मोह, डाह, ईर्ष्या र अहंकार त्याग्दै सत्य, शुद्धता र अहिंसामा आधारित जीवनशैली अपनाउन आग्रह गरिएको छ । मैत्रीभावलाई केवल मित्रतामा सीमित नराखी सम्पूर्ण जीव र प्रकृतिप्रति प्रेम, दया, करुणा, सहिष्णुता र सम्मानको भावका रूपमा आत्मसात गर्नुपर्नेमा जोड दिइएको छ ।

मैत्रीनाथका वचन उद्धृत गर्दै धर्म, भाषा, जात, देशजस्ता आधारमा हुने भेदभाव त्यागी मानवतालाई प्राथमिकता दिन सके विश्व स्वतः शान्तितर्फ अग्रसर हुने विश्वास व्यक्त गरिएको छ ।

कार्यक्रममार्फत सञ्चारमाध्यम, राजनीतिक नेतृत्व, नागरिक समाज, युवा पुस्ता तथा विभिन्न संघ-संस्थालाई द्वन्द्वभन्दा संवाद, घृणाभन्दा मैत्री, विभाजनभन्दा एकता रोज्न अपिल गरिएको छ । साथै व्यक्तिगत स्तरमै सकारात्मक सोच र व्यवहारमार्फत शान्ति स्थापना गर्नुपर्ने सन्देश दिइएको छ ।

संघले कार्यक्रमको अवसरमा सत्य, शुद्धता, इमान्दारिता, संयमता र धैर्यलाई जीवनको लक्ष्य तथा मैत्रीभावलाई शक्ति र मानवतालाई पहिचानका रूपमा आत्मसात गर्न आह्वान गरेको छ ।

यसैबीच, बोधि मार्ग दर्शन मैत्री धर्ममा अपनाउनुपर्ने ११ वटा ‘मैत्री शील’ समेत सार्वजनिक गरिएको छ, जसमा भेदभाव नगर्ने, सत्य मार्ग अनुसरण गर्ने, हिंसा त्याग्ने, सबै धर्म र आस्थाको सम्मान गर्ने तथा सकारात्मक र सत्यनिष्ठ जीवनयापन गर्ने जस्ता आचरणहरू समेटिएका छन् ।

uae

सम्बन्धित खबर