२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

मौलापुरमा एकीकृत दलित बस्ती निर्माण सुरु, ३० परिवार लाभान्वित हुने

Nada
राजकुमार यादव
२०८२ चैत १८ गते १२:१५
Shares
मौलापुरमा एकीकृत दलित बस्ती निर्माण सुरु, ३० परिवार लाभान्वित हुने

रौतहट : रौतहटको मौलापुर नगरपालिका–९ सोनरनियामा एकीकृत दलित बस्ती निर्माण कार्यको औपचारिक सुरुवात गरिएको छ । लामो समयदेखि प्रयोगविहीन अवस्थामा रहेको करिब तीन बिघा ऐलानी जग्गामा नगरप्रमुख रिना कुमारी साहले शिलान्यास गर्दै परियोजना अघि बढाइएको हो ।

ncell

शिलान्यास कार्यक्रममा उपप्रमुख नागेन्द्र राय यादव, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु साह, वडा नं. ९ का अध्यक्ष श्याम साहसहित अन्य जनप्रतिनिधि र स्थानीय बासिन्दाको उल्लेख्य उपस्थिति रहेको थियो ।

परियोजनाका लागि कुल ४ करोड ३९ लाख ७४ हजार १७७ रुपैयाँ बजेट विनियोजन गरिएको छ । यसमध्ये ३० प्रतिशत लागत मौलापुर नगरपालिकाले व्यहोर्नेछ भने बाँकी ७० प्रतिशत रकम संघीय सरकारको अनुदानमार्फत व्यवस्थापन गरिनेछ ।

योजना अन्तर्गत ३० दलित परिवारका लागि शौचालय र खानेपानी सुविधासहित दुई कोठे पक्की घर निर्माण गरिनेछ । त्यस्तै, बस्तीभित्र सडक र नाला निर्माण गरी आधारभूत पूर्वाधार विकाससमेत गरिने लक्ष्य राखिएको छ ।

निर्माण कार्य ‘प्रिसा–शृष्टि तथा श्री राम जेभी’ले जिम्मा पाएको छ । २०८२ माघ ९ गते सम्झौता भएको उक्त परियोजना २०८५ असार १५ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

वर्षौंदेखि व्यवस्थित आवासको अभाव झेल्दै आएका दलित समुदायका लागि यो पहललाई महत्वपूर्ण रूपमा हेरिएको छ । परियोजनाले सुरक्षित र व्यवस्थित बसोबास सुनिश्चित गर्नुका साथै स्थानीय स्तरमा पूर्वाधार विकासमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।

uae

सम्बन्धित खबर