२०८३ असोज ३० गते शुक्रवार / Oct 16 , 2026 , Friday
२०८३ असोज ३० गते शुक्रवार

रुकुम पश्चिम कारागारका एक कैदीको मृत्यु 

Nada
प्रचण्ड खत्री
२०८२ चैत ४ गते १२:३९
Shares
रुकुम पश्चिम कारागारका एक कैदीको मृत्यु 

रुकुम पश्चिम : रुकुम पश्चिमको कारागारमा रहेका एक कैदीको मृत्यु भएको छ । रुकुम पश्चिमको बाँफिकाेट गाउँपालिका वडा नम्बर १० का ५९ वर्षीय मनबहादुर बुढाको उपचारको क्रममा जिल्ला अस्पताल रुकुम पश्चिममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

ncell

कर्तव्य ज्यान मुद्दामा सजाय भुक्तान गरिरहेका बुढा आज राति साढे १ बजेतिर बेहोस भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हरिप्रसाद पुनले जानकारी दिए । 

त्यसपछि उपचारका लागि जिल्ला अस्पताल सल्ले लगिएकोमा चिकित्सकले बिहान ५ बजेतिर मृत घोषणा गरेको उनले बताए  । बुढालाई प्रेसरको समस्या रहेको प्रहरी निरीक्षक पुनको भनाइ छ । त्यस्तै बुढामा श्वासप्रश्वासका साथै मधुमेहको पनि समस्या रहेको बताइएको छ ।

ताजा खबर

सम्बन्धित खबर