२०८३ कार्तिक २ गते आइतवार / Oct 18 , 2026 , Sunday
२०८३ कार्तिक २ गते आइतवार

मादक पदार्थ सेवन गरी स्कुल बस चलाउने ५ चालक पक्राउ

Nada
सुजन विश्वकर्मा
२०८२ फागुन ४ गते २०:५५
Shares
मादक पदार्थ सेवन गरी स्कुल बस चलाउने ५ चालक पक्राउ

पोखरा : जिल्ला प्रहरी कार्यालय कास्कीले मादक पदार्थ सेवन गरी विद्यालय बस चलाइरहेका ५ जना चालकलाई नियन्त्रणमा लिएको छ ।

ncell

बुधबार बिहान करिब ९ः३० बजे पोखरा महानगरपालिका अन्तर्गत विभिन्न स्थानमा प्रहरी तथा ट्राफिक प्रहरीको संयुक्त चेकिङ टोलीले विद्यालय बस चालकहरूको मा.प.से. परीक्षण गरेको थियो । 

परीक्षणका क्रममा ५ जना चालकले मादक पदार्थ सेवन गरेको पाइएपछि आवश्यक कानुनी कारबाहीका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा परेका चालकहरू विभिन्न विद्यालयमा सञ्चालनमा रहेका बसका चालक हुन् । उनीहरूमा माउन्ट हेभेन बोर्डिङ स्कुलका ३३ वर्षीय आनन्द परियार, कुमुदिनी होम्स बोर्डिङ स्कुलका ३७ वर्षीय गौतम गुरुङ, बिन्देश्वरी बोर्डिङ स्कुलका ४४ वर्षीय भक्तबहादुर गुरुङ, अञ्जली बोर्डिङ स्कुलका ४८ वर्षीय डम्बरबहादुर गुरुङ र एस.ओ.एस बोर्डिङ स्कुलका ४७ वर्षीय पदम वि.क. रहेका छन् । 

विद्यालय जस्तो संवेदनशील क्षेत्रमा बालबालिका बोकेर हिँड्ने बस चालकहरूले मादक पदार्थ सेवन गर्ने गरेको भन्ने स्थानीय अभिभावकहरूको गुनासोपछि प्रहरीले विशेष निगरानी तथा चेकिङ अभियान सञ्चालन गरेको थियो । प्रहरीले यस्ता गतिविधिमाथि निरन्तर अनुगमन र कारबाहीलाई कडाइका साथ अघि बढाइने जनाएको छ ।

uae

सम्बन्धित खबर