
बैतडी : बैतडीमा जन्ती बोकेको बस दुर्घटना भएको छ । बिहीबार बेलुका जन्ती बोकेको सुप प्र ०२ ००१ ख १११९ नम्बरको बस पुर्चौडी नगरपालिकामा दुर्घटनामा परेको हो ।
दुर्घटनाको खबर आएपछि अहिले घटनास्थलतर्फ प्रहरी परिचालन गरिएको र उद्धार जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
बस सडकबाट करिब २ सय मिटर तल खसेको बताइएको छ ।