२०८३ कार्तिक २ गते आइतवार / Oct 18 , 2026 , Sunday
२०८३ कार्तिक २ गते आइतवार

हिमपातले अवरुद्ध नाग्म-गमगडी सडक सञ्चालन

Nada
२०८२ माघ १३ गते १२:५४
Shares
हिमपातले अवरुद्ध नाग्म-गमगडी सडक सञ्चालन

जुम्ला : शनिबारको भारी हिमपातले बन्द भएको कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडकखण्डको जुम्लाको कनकासुन्दरी गाउँपालिका–१ स्थित भुलभुले सडक सञ्चालनमा आएको छ । 

ncell

भुलभुलेमा बाल्लो हिउँ परेपछि सडक बन्द भएको थियो । कार्यालयबाट डोजर पठाएर उक्त स्थानको हिउँ पन्छाएपछि आजदेखि सडक पूर्ण रुपमा सञ्चालनमा आएको सडक डिभिजन कार्यालयका सूचना अधिकारी सौरभकुमार सिंहले जानकारी दिए ।

हिमपातले सडक दुई दिनसम्म बन्द भएपछि मुगुको सदरमुकाम गमगढी बजारमा  दैनिक उपभोग्य सामग्री, विकास–निर्माणका सामानहरू बीच बाटामै रोकिएका थियो । हिउँ पन्छाएपछि रोकिएका सवारीसाधन गन्तव्यतिर लागेको कनकासुन्दरी गाउँपालिका–१ का वडाध्यक्ष भीमबहादुर भण्डारीले जानकारी दिए ।

uae

सम्बन्धित खबर