२०८३ कार्तिक २ गते आइतवार / Oct 18 , 2026 , Sunday
२०८३ कार्तिक २ गते आइतवार

जिराभवानीमा माघी खिचडी महोत्सव

Nada
लालबाबु बानिया
२०८२ माघ १ गते २०:५५
Shares
जिराभवानीमा माघी खिचडी महोत्सव

पर्सा : पर्साको जिराभवानी गाउँपालिकामा माघी खिचडी महोत्सव–२६५० तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । जिराभवानी गाउँपालिकाको आयोजनामा जितपुरस्थित नावकाटोला चोकमा कार्यक्रम सम्पन्न भएको हो । वडा नं. ३ का वडाध्यक्ष सुरुज राय थारुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वन तथा वातावरण मन्त्री शंकर प्रसाद चौधरी प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा मन्त्री चौधरीलाई ५१ किलोको फूलमालाले स्वागत गरिएको थियो । 

ncell

महोत्सवमा थारु समुदायको परम्परागत पहिरन, पौराणिक कालदेखि प्रयोग हुँदै आएका विभिन्न सामग्रीहरूको प्रदर्शन गरिएको थियो । साथै, थारु संस्कृतिअन्तर्गत लोप हुँदै गएका झमटा, घाटो लगायतका परम्परागत गीत तथा नृत्य प्रस्तुत गरिएका थिए । कार्यक्रमस्थलमा माछा, घोंगी, हाँसको मासु, परेवाको मासु, केकडा (गगटा) लगायतका परिकारका स्टलहरू राखिएका थिए, जसले महोत्सवलाई थप आकर्षक बनाएको थियो । 

कार्यक्रममा जिराभवानी गाउँपालिका अध्यक्ष अनोज चौधरी, उपाध्यक्ष रेखा चौधरी, प्रमुख प्रशासकीय अधिकृत अमित गिरी, वडाध्यक्षहरू रामशरण खवास, महादेव महतो, दारा सिंह राउत, राजेश्वर दास थारु, कार्यपालिका सदस्य सरोज चौरसिया, नन्दकिशोर साह कानु लगायतको उल्लेखनीय सहभागिता रहेको थियो ।

सांस्कृतिक कार्यक्रममा राष्ट्रिय थारु टिकटक स्टार मुस्कान चौधरी, गायक नेपाली निरहुवा, खेम चौधरी, अस्मिता चौधरी तथा स्थानीय विद्यालयका विद्यार्थीहरूले नृत्य तथा सांस्कृतिक प्रस्तुति दिएका थिए ।

महोत्सवले थारु समुदायको भाषा, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्धनमा महत्वपूर्ण योगदान पु¥याएको आयोजकको भनाइ छ ।

uae

सम्बन्धित खबर