२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

५९औं रक्तसंचार सेवा दिवस : शतक रक्तदाता र आजीवन सदस्यलाई सम्मान

Nada
२०८१ साउन १२ गते २१:०५
Shares
५९औं रक्तसंचार सेवा दिवस : शतक रक्तदाता र आजीवन सदस्यलाई सम्मान

नेपालगन्ज : बाँकेमा ५९ औं रक्तसंचार सेवा दिवस स्वयंसेवी रक्तदातालाई सम्मान र आजीवन सदस्यता वितरण गरी मनाइएको छ । नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसंचार सेवाको आयोजनामा भएको कार्यक्रममा एक सय पटक रक्तदान गर्ने शतक रक्तदाता पवन जायसवाललाई सम्मान गरिएको छ ।

ncell

जनमत अर्द्धसाप्ताहिकद्वारा विगत दुई दशकदेखि सञ्चालित त्रैमासिक रक्तदान कार्यक्रमको ६० औं श्रृङ्खलामा गत जेठ ३१ गते एक सय पटक रक्तदान गरी शतक रक्तदाताको रुपमा सम्मानित रक्त अभियन्ता जायसवाललाई नेपाल रेडक्रस सोसाइटीका पूर्व केन्द्रीय उपाध्यक्ष अजीतकुमार शर्मा, सनतकुमार रेग्मी र शाखा सभापति गोवर्धन सिंह सम्झनाले प्रशंसा पत्र र दोसल्ला ओढाइ सम्मान गरेका थिए भने ३९ जना स्वयंसेवी रक्तदाताहरुलाई अजीवन सदस्यताको प्रमाण पत्र वितरण गरिएको थियो । कार्यक्रममा पोजेटिभ समूहका २५ पटक भन्दा बढी र दुलर्भ (नगेटिभ) समूहका १५ पटक भन्दा बढी रक्तदान गर्ने ३९ जना स्वयंसेवी रक्तदाताहरुलाई सम्मान स्वरुप नेपाल रेडक्रस सोसाइटीको आजीवन सदस्यता प्रदान गरिएको थियो । 

वि.स.२०२३ सालमा रक्तसंचार सेवा स्थापना भएको थियो । नेरेसो प्रादेशिक रक्तसंचार सेवा नेपालगञ्जबाट आ.वा. २०७९/०८० मा वार्षिक १३ हजार ४ सय ९० सकंलन र १९ हजार ९ सय ९३ पिन्ट रगत वितरण भएको कुरा रक्तसंचार सेवाका प्रमुख उपेन्द्र रेग्मीले बताए । नेरेसो बाँके शाखाका सभापति गोवर्द्धन सिंह सम्झनाले रक्तसंचार सेवा रक्तदाताहरुबाट नै सञ्चालन हुने हुँदा यस महान कार्यमा योग्दान गर्ने सबै स्वयंसेवी रक्तदाताहरुलाई धन्यवाद व्यक्त गरेका थिए । 

सम्मान ग्रहण गर्दै शतक रक्तदाता जायसवालले हरेक व्यक्तिले ३/३ महिनामा रक्तदान गरेमा स्वस्थ्य हुने र मानव जीवनको रक्षा हुने बताउँदै युवाहरुलाई रक्तदान गर्न उत्प्रेरित गरिरहने प्रतिबद्धता व्यक्त गरे । 

नेरेसो बाँके शाखाका सभापति सम्झनाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेरेसोका पूर्व केन्द्रीय उपाध्यक्ष अजीतकुमार शर्मा, नेपाल रक्तदाता समाज बाँकेकी अध्यक्ष दिला शाह, नेरेसो बाँके शाखााका उपनिर्देशक दोलखबहादुर डाँगी लगायतले आ–आफ्नो विचार व्यक्त गरेका थिए भने आजीवन सदस्यता प्राप्त गर्ने व्यक्तिहरुलाई नेरेसो जिल्ला कार्यसमिति सदस्य सनतकुमार रेग्मी, मीनबहादुर मल्ल, गुलाब सिंह ठाकुर, सीता शर्मा पोख्रेल र खगेसरी भण्डारीले प्रदान गरेका थिए । 

ताजा खबर

सम्बन्धित खबर