२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

महिला नेतृमाथि भएका टिप्पणीप्रति आपत्ति

Nada
लेखनाथ सिकारु
२०८२ मंसिर २५ गते २१:४६
Shares
महिला नेतृमाथि भएका टिप्पणीप्रति आपत्ति

काठमाडौं : महिला नेतृ तथा सार्वजनिक पदधारीहरूमाथि पछिल्ला दिनहरूमा भएका केही सार्वजनिक टिप्पणी र अभिव्यक्तिलाई महिला सुरक्षा दबाव समूहले ध्यानाकर्षण गराएको छ ।

ncell

एमाले अध्यक्ष केपी शर्मा ओलीले नेताहरू पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, अष्टलक्ष्मी शाक्यसहितका महिला नेताहरूप्रति लक्षित टिप्पणीप्रति समूहले  विज्ञप्तिमार्फत चिन्ता व्यक्त गरेको हो ।

समूहकी अध्यक्ष इशारा गौतमद्वारा जारी विज्ञप्तिमा अघिल्ला विभागीय र पूर्व पदाधिकारीहरूमार्फत भएका आलोचनात्मक टिप्पणीकामाथि चिन्ता जनाउँदै, राजनीतिक तथा लोकतान्त्रिक संस्कृतिभित्र महिला नेतृत्वको सम्मान र सुरक्षाको अभियन्ता रहने समूहले महिला नेताको चरित्रहत्या र असम¥यादित व्यवहार कुनै पनि हालतमा सह्य नहुने स्पष्ट गरेको छ ।

विज्ञप्तिमा भनिएको छ,‘राजनीतिक वा सार्वजनिक जीवनमा कुनै पनि पूर्व पदाधिकारी महिला नेतृ वा व्यक्तिमाथि उद्देश्यमूलक अपमान गर्ने प्रयास हामी सबै महिलामाथिको आक्रमण हो, जसले समग्र सम्मानजनक राजनीतिक वातावरणलाई नै खल्बल्याउँछ ।’

समूहले महिला नेतृत्वको सम्मान गर्ने र उनीहरूको अधिकार सुरक्षण गर्ने वातावरण निर्माण गर्न सबै सरोकारवालालाई आग्रह समेत गरेको छ । यस्तै  सर्वोच्च पदमा पुगेका महिला नेतृमाथि गरिने राजनीतिक तथा व्यक्तिगत असम¥यादित टिप्पणीको अन्त्य गर्न,  राजनीतिक दल, नेतृत्व, समुदाय र सञ्चार माध्यमलाई महिला नेतृको मर्यादा र प्रतिष्ठाप्रति संवेदनशील हुन सुझाव दिएको छ ।  

समूहले सबै राजनीतिक, सामाजिक र सार्वजनिक व्यक्तिहरूलाई संविधानले सुनिश्चित गरेको समानताको मर्मअनुसार महिला नेताको सम्मान, सुरक्षा र इज्जत जोगाउने दिशा अपनाउन आह्वान गरेको छ ।

महिला सुरक्षा दबाव समूहले यस्ता अपरिपक्व र असमानतापूर्ण टिप्पणीहरू राजनीतिक सभ्यताको लागि घातक भएको भन्दै लोकतान्त्रिक मूल्य र संस्कृतिको संरक्षणमा सबैलाई जिम्मेवारीपूर्वक भूमिका खेल्न आग्रह गरेको छ ।

uae

सम्बन्धित खबर