२०८२ मंसिर १२ गते शुक्रवार / Nov 28 , 2025 , Friday
२०८२ मंसिर १२ गते शुक्रवार
Ads

चितवन टस जितेर बलिङमा

shivam cement
२०८२ मंसिर १२ गते ११:५९
Shares
चितवन टस जितेर बलिङमा

काठमाडौंः राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा आजको पहिलो खेलमा चितवन राइनोज र काठमाडौं गोर्खाज भिड्दैछन् ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा चितवनले टस जितेर बलिङ रोजेको छ । कुशल मल्लको कप्तानीमा रहेको चितवन तीन खेलबाट चार अङ्क जोड्दै अङ्कतालिकाको तेस्रो स्थानमा छ । आजको खेल जितेर चितवन ‘प्लेअफ’को आफ्नो बाटो फराकिलो बनाउन चाहन्छ । 

करण केसीको नेतृत्वमा रहेको काठमाडौंले भने चारमध्ये दुई खेलमा जीत निकालेको छ । आजको खेल नजिते काठमाडौंलाई ‘प्लेअफ’ पुग्न कठिन हुने देखिन्छ । यस्तै, आजै हुने दोस्रो खेलमा कर्णाली र विराटनगर मैदानमा उत्रनेछन् । 

ADV

ताजा खबर

सम्बन्धित खबर