
काठमाडौं : प्रगतिशील लोकतान्त्रिक पार्टीको औपचारिक घोषणा गरिएको छ । आज (आइतबार, मंसिर ७ ) राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममार्फत घोषणा गरिएको हो ।
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका सन्तोष परियार समूहको संयुक्त एकतामार्फत गठन गरिएको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को घोषणा गरिएको छ ।
पार्टीको अभिभावकीय भूमिकामा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई रहनेछन् । प्रगतिशील लोकतान्त्रिक पार्टी दुर्गा सोबको नेतृत्वमा निर्वाचन आयोगमा दर्ता भइसकेको छ ।